चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

डा. तोसिमाद्वारा मेडिकल काउन्सिलबाट राजिनामा



काठमाडौँ । ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित डा. तोसिमा कार्कीले मेडिकल काउन्सिलको सदस्य पदबाट राजिनामा दिएकी छन् ।

उनले आइतबार काउन्सिलमा गएर राजिनामा पत्र बुझाएकी हुन् । काउन्सिलको सदस्य पदबाट राजिनामा नदिई प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएको भन्दै उनलाई निर्वाचन आयोगले पटक पटक कारवाही गर्न खोजेको थियो । उनको उम्मेदवारी खारेज गरेको थियो । तर, तोसिमाले अदालतबाट उम्मेवारी सदर भएको थियो ।

उनी राष्ट्रिय स्वतनत्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ३ : ०१ बजे