बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

निर्वाचन यता सत्ता गठबन्धनको पहिलो बैठक दिउँसो ३ बजे बस्दै



काठमाडौं । निर्वाचन यता सत्ता गठबन्धनको पहिलो बैठक आज दिउँसो ३ बजे बस्दै छ । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै माओवादीका महासचिव देव गुरुङले गठबन्धनको बैठक बस्ने निर्णय भएको जानकारी दिएका हुन् ।

बैठकमा चुनावको समीक्षा, नयाँ सरकार गठन, महत्वपूर्ण पदहरुमा भागबण्डा लगायतका विषयमा छलफल समेत हुने बताएका छन् । मंसिर ४ गते सम्पन्न आमनिर्वाचनबाट सत्ता गठबन्धनले बहुमत नजिक सिट जितेको छ । त्यसमा कांग्रेस सबैभन्दा ठूलो पार्टी बनेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ११ : १३ बजे