चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

दोलखामा माओवादीका गंगा कार्की विजयी



काठमाडौँ। दोलखा प्रतिनिधिसभा सदस्यमा गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गंगा कार्की विजयी भएका छन् ।

कार्कीले नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीलाई तीन सय १७ को मतान्तरले पछि पार्दै विजय हासिल गरेका हुन् । विजयी कार्कीले ३६ हजार सात सय उनान्सय मत प्राप्त गरेको भने निकटतम प्रतिद्वन्द्वी एमालेका बालकृष्ण शिवाकोटीले३६ हजार चार सय ८२ मत प्राप्त गरेका छन् ।

दोलखा प्रदेशसभा–१ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्ले विजय भएका छन् । उनले २३ हजार तीन सय ३१ मत प्राप्त गर्नुभएको छ भने एमालेका नरबहादुर श्रेष्ठले १५ हजार तीन सय ५६ मत प्राप्त गरेका थिए । प्रदेशसभा २ मा एमालेका भरतबहादुर केसी निर्वाचित भएका छन् ।

जिल्लामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए । कूल मत ८५ हजार तीन सय ८८ खसेको थियो ।अहिले समानुपातिकको मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  १० : ४६ बजे