बैशाख १४, २०८१ शुक्रबार Fri Apr 26 2024

जन्मदिन मनाउने पैसा बालबालिकाको पढाइमा



काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएकी जाजरकोटकी जयन्ती थापाले जन्मदिनमा गरिने खर्च बालबालिकाको पढाइलेखाइको दिएकी छिन् ।

थापाले छेडागाड नगरपालिका–१३ कार्कीगाउँ चैतेटाकुराका चारजना दलित बालबालिकालाई विद्यालय पोशाक, कापी, कलम, किताब, झोला, जुत्तालगायत आवश्यक सामानको लागि सहयोग गरेकी हुन् । विद्यालयका प्रधानाध्यापक गणेशकुमार बस्नेतले दलित परिवारका चार बालबालिकालाई थापाले दिएका सामग्री वितरण गरेका थियो ।

आमा बुबा गुमाएका कार्कीगाउँ चैते टाकुराका प्रतिभा परियार, जय परियार, पुष्पा परियार र सन्तोष परियारको पठपाठनमा थापाले सहयोग गर्दै आएकी छन् ।

थापाबाट शैक्षिक खर्च प्राप्त गर्ने प्रतिभा नारायणी माध्यमिक विद्यालयको कक्षा १२, जय कक्षा ९, पुष्पा कक्षा ८ र सन्तोष कक्षा ६ मा अध्ययनरत छन् ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ३ : ३५ बजे