चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै



काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै छ । पदाधिकारी बैठक आज (आइतबार) दिउँसो २ बजे केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बोलाएको हो ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समीक्षा र नयाँ सरकार गठनबारे छलफल गर्न हिजो शनिवार पनि माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको थियो । शनिबार बसेको बैठकले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने विषयमा सबै विकल्पमा खुला राख्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए ।

बैठकले सत्ता गठबन्धनलाई नछोड्ने तर सरकार निर्माणका सन्दर्भमा अन्य दलसँग पनि परामर्श गर्ने निर्णय गरेको उनले बताए । माओवादी केन्द्रले पार्टी अध्यक्ष दाहाल दाहाललाई प्रधानमन्त्री बनाउन सत्तारुढ गठबन्धनमा दबाब पुग्ने निष्कर्षसहित सरकार गठनका लागि एमालेसहितका अन्य विभिन्न दलहरूसँगको विकल्पलाई पनि खुला राख्ने नीति रणनीति लिएको उनको भनाइ छ ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  १० : ५७ बजे