बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

घेराबन्दी पार्न थालिएकाले स्वतन्त्रहरु एक हुनुपर्ने हर्कको आह्रवान



काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अब स्वतन्त्रहरु एक हुने बेला आएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै साम्पाङले अहिले बालेन शाहलाई घेराबन्दीमा पारिएको उल्लेख गर्दै यो निन्दनीय भएको बताएका छन् ।

उनले कथाले मागेकोले अब स्वतन्त्रहरु एक हुने बेला आएको बताउदै बालेनलाई आफ्नो साथ रहेको बताएका छन् ।

उनले भनेका छन्–

कथाले माग्यो अब ! स्वतन्त्रहरु एक बन्ने बेला आएको छ ! स्वतन्त्र मेयर बालेन शाहलाई जुन किसिमले घेरा बन्दीमा पारिएको छ ! त्यो निन्दनीय छ ! यो बेला अरुले साथ देऊन नदेऊन तर मेरो साथ रहनेछ !

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ९ : ३५ बजे