२ बैशाख २०८३, बुधबार Thu Apr 16 2026

धनगढीमा निषेधाज्ञा हट्यो



काठमाडौं ।कैलालीको धनगढीमा लागेको निषेधाज्ञा शनिबार बिहान हटाइएको छ।

ग्रेडरको ठक्करबाट १५ वर्षीया चेतना साउदको मृत्यु भएपछि उत्पन्न परिस्थिति नियन्त्रणमा लिन बिहीबार साँझदेखि धनगढीमा जारी निषेधाज्ञा बिहान ४ बजे हटाइएको हो।

अवस्था सामान्य भएपछि निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। स्थानीय पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत साउदको बिहीबार बिहान ग्रेडरको ठक्करबाट मृत्यु भएपछि सुरू भएको आन्दोलनले उग्र रूप लिएको थियो।

निषेधाज्ञाबीच शुक्रबार पनि प्रदर्शन चर्किएपछि प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो भने केही विद्यार्थी र अन्य केहीलाई नियन्त्रणमा लिएको थियो।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ९ : २८ बजे