चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

दोलखामा माओवादी केन्द्रका कार्कीको अग्रता



काठमाडौं।दोलखाको प्रतिनिधि सभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता लिएका छन्।

उनले १ हजार ६ सय ५४ मत प्राप्त गरेका छन्। कार्कीलाई पछ्याउँदै नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले ९ सय ११ मत प्राप्त गरेका छन्।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले ११८ मत ल्याएर तेस्रो स्थानमा छन्।

दोलखाको मतगणना बिहीबार रातिबाट सुरु भएको हो। मंसिर ४ गते दोलखाका विभिन्न स्थानमा मतदान स्थगित भएपछि यही हिजो १५ गते निर्वाचन आयोगले पुनः मतदान गराएको थियो।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  १० : ३१ बजे