बैशाख ६, २०८१ बिहिबार Fri Apr 19 2024

स्याङ्जा– २ मा धनराज गुरुङको अग्रता



काठमाडौं । स्याङ्जा २ मा पछिल्लो मतपरिणामअनुसार कांग्रेसका धनराज गुरुङले अग्रता लिइरहेका छन् । कांग्रेस उपसभापति समेत रहेका गुरुङले ६,०६५ मतसहित अग्रता कायम गरेका हुन् । यस्तै, एमाकी उम्मेदवार पद्मा अर्यालले उनलाई पछ्याइरहेकी छन् ।

अर्यालले पछिल्लो मतपरणाम अनुसार ४,७६५ मत प्राप्त गरेकी छन् । कांग्रेस उम्मेदवार गुरुङले एमालेकी अर्याललाई १,३०० मतान्तरले पछि पारेका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १,५७५ मत ल्याएका छन् ।

स्याङ्जा २ मा कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायम राखेका छन् । ४ मंसिर निर्वाचन सम्पन्न भए पनि झण्डै १२ दिन दलहरूबीचको किचलोका कारण मतगणना सुरु हुन सकेको थिए । निर्वाचन आयोगको निर्देशनपछि बुधबार रातिदेखि मतगणना सुरु भएको हो ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  १ : ५६ बजे