चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

कतार विश्वकप : आज पनि चार खेल हुदै



काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बिहीबार चार खेलहरु हुँदैछन् ।

जसमा समूह ‘ई’ र समूह ‘एफ’ का दुई दुई खेलहरु हुनेछन् ।

पहिलो दुई खेलमा समूह ‘एफ’ मा रहेका क्रोएसिया र बेल्जियम तथा क्यानडा र मोरक्को बीच प्रतिस्पर्धा हुनेछ।

दुबै खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बाट सुरु हुनेछ ।

यस खेलहरुबाट समूह ‘एफ’ बाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुङ्गो लाग्नेछ ।

दोस्रो दुई खेलमा समूह ‘ई’ मा रहेका जापान र स्पेन तथा कोस्टारिका र जर्मनी बीच खेल हुदैछ ।

दुबै खेल नेपाली समयअनुसार राती १२ः४५ मा हुनेछ ।

यस खेलहरुबाट समूह ‘ई’ बाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुङ्गो लाग्नेछ ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  १० : २४ बजे