बैशाख १८, २०८१ मंगलबार Tue Apr 30 2024

ओलीलाई मेयर बालेन्द्रको जवाफ



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पुर्वप्रधानमन्त्री ओलीलाई आफू सत्तामा हुँदा सुकुम्बासी समस्याकोे समाधान गर्न नसकेको भन्दै सधै भोट बैंकको रुपमा प्रयोग गरेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । उनले २०४७ साल यता १२ वटा सुकुम्बासी आयोग गठन हुँदा पनि वास्तविक सुकुम्वासी समस्याको समाधान गर्न नसकेको बताउँदै उनीहरुलाई स्वार्थविपरित प्रयोग गरेको उल्लेख गरेका छन्।

त्यस्तै जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए ‘तपाईको नेतृत्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनु भयो’ साहले प्रश्न गरेका छन् ।

त्यस्तै ‘हुनमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडी बढाउनु भयो ? यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदिक्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईले बिरोध गर्नु असामान्य होइन’ साहले भने ।

मेयर साहले भनेका छन्, ‘अब परिस्थिति फेरिएको छ । त्यसैले सकेको सहयोग गर्नुहोला तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला ।’

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ९ : २७ बजे