बैशाख १३, २०८१ बिहिबार Thu Apr 25 2024

सरकारले चुनावमा धाँधली गरेको ओलीको आरोप



काठमाडौं । एमालेअध्यक्ष केपी ओलीले गठबन्धन सरकारले चुनावमा धाँधली गरेको आरोप लगाएका छन् ।

मंगलबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा उनले यस्तो बताएका हुन् ।

एमालेका कार्यकर्तामाथि धडपकड र गोली प्रहार गरेर सरकारले निरंकुशता देखाएको उनको आरोप छ ।

सरकारले निर्वाचनका क्रममा प्रशासनको दुरुपयोग गरी चुनाव जित्न खोजेको समेत उनले बताए । उनले बाजुरा दोलखालगायतका जिल्लामा धाँधली भएको समेत बताए ।

ओलीलाई बधाई दिँदै कार्यकर्ताहरूले प्रधानमन्त्री बन्नोस् भनी शुभेच्छासमेत प्रकट गरेका थिए ।

संसदीय निर्वाचनको नतिजा हेर्दा कांग्रेस र एमालेबीच ९(१ण् सिटको फरक पर्ने देखिएको छ । त्यही कारण एमाले पनि सरकार बनाउने गृहकार्यमा जुटेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ४ : ५९ बजे