बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

दक्षिण कोरियालाई पराजित गर्दै घानाको जित



काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ को समूह ‘एच’ को खेलमा घानाले दक्षिण कोरिया विरुद्ध घानाले जित हासिल गरेको छ ।

एजुकेशन सिटी स्टेडियममा भएको खेलमा घानाले ३–२ गोल अन्तरले जित हात पारेको हो । खेलको २४ औं मिनेटमा मोहमद सालिसुले गोल गर्दै घानालाई सुरुआती अग्रता दिलाएका थिए । ३४ औं मिनेटमा घानाका मोहमद कुडुसले अग्रता दोब्बर पार्यो।

कोरियाका लागि चो गि सुगंले ५८ औं तथा ६१ औं मिनेटमा १–१ गोल फर्काए ।

६८ औं मिनेटमा घानाका मोहमद कुडुसले गरेको गोल नै निर्णायक भयो । जितसँगै घाना ३ अंकका साथ समूह ‘एच’ को दोस्रो स्थानमा उक्लिएको छ ।

हारसँगै दक्षिण कोरिया १ अंकका साथ समूहको पुछारमा रहेको छ । घाना पहिलो खेलमा पोर्चुगलसँग ३–२ को अन्तरले पराजित भएको हो ।

दक्षिण कोरियाले उरुग्वेसँग गोल रहित बराबरी खेलेको हो ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  १० : ५९ बजे