बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

उदयपुर १ मा स्थगित भएको मतगणना सुरु



उदयपुर । उदयपुर क्षेत्र नम्बर १ मा स्थगित भएको मतगणना सुरु भएको छ । निर्वाचन आयोगले स्थगित मतगणनालाई निरन्तरता दिन निर्देशन दिएपछि मंगलबार बिहान ८ बजेपछि मतगणना सुरु भएको हो ।

मतगणनापूर्व भएको सहमतिका आधारमा गणनालाई निरन्तरता दिन आयोगले मुख्य निर्वाचन अधिकृत कार्यालयलाई आयोगले निर्देशन दिएको थियो। प्रतिनिधिसभाको मतपेटिकामा प्रदेशसभाका सयभन्दा बढी मतपत्र भेटिएपछि नेकपा एमाले, राप्रपा, जसपालगायतका दलले पुनः मतदानको मागसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएपछि आइतबार बिहान साढे १० बजेदेखि मतगणना रोकिएको थियो।

उदयपुर–१ मा नेपाली कांग्रेसबाट परराष्ट्रमन्त्री समेत रहेका डा।नारायण खड्काको उम्मेदवार रहेका छन् भने नेकपा एमालेबाट मञ्जु चौधरी रहेकी छन् । मतगणना रोकिँदासम्म त्यहाँ २१ हजार ८३३ मतसहित कांग्रेका उम्मेदवार खड्काले अग्रता लिइरहेका छन् भने उनलाई एकालेकी चौधरीले २० हजार १२० मत सहित पछ्याइरहेकी छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  १० : ३७ बजे