बैशाख १२, २०८१ बुधबार Wed Apr 24 2024

पालिकाभन्दा संघीय चुनावमा दोब्बर मत बदर



काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ५ प्रतिशत मत बदर भएको छ ।

सोमबारसम्म निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएको १५३ क्षेत्रको अन्तिम परिणामअनुसार ५.०५ प्रतिशत मत बदर भएको हो ।

१५३ क्षेत्रका १ करोड ६५ लाख २३ हजार १ सय ६३ मतदातामध्ये १ करोड १ लाख ५९ हजार ५७ जना अर्थात् ६१.४८ प्रतिशतले मतदानमा भाग लिएकोमा ५ लाख १३ हजार ३ सय ५३ मत बदर भएको हो । ९६ लाख ४५ हजार ७ सय ४ जना अर्थात ९४.९५ प्रतिशत मत सदर भएको छ । यो ०७४ कै हाराहारी हो । यो निर्वाचनमा मतदाता शिक्षामा ५० करोड रुपैयाँ खर्च गरे पनि उल्लेख्य प्रगति हुन सकेन ।

स्थानीय निर्वाचनभन्दा दोब्बर मत बदर

६ महिनाअघि ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा २.४ प्रतिशत मत बदर भएको थियो । ०७४ को आमनिर्वाचनभन्दा यो झण्डै दोब्बरले कम हो । तर ४ मंसिरमा भएको आम निर्वाचनमा ५ प्रतिशत बदर दरले स्थानीय तहभन्दा बदर मत दोब्बरले वृद्धि भएको देखाएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ९ : २५ बजे