चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

‘बालेन शाह होस् गर्, हाम्रो भोट फिर्ता गर् भन्ने नारासहित सुकुम्बासी आक्रोशित



काठमाडौं । काठमाडौं महानगरपालिकाको डोजर प्रवेश गरेपछि थापाथलीका सुकुम्बासीहरु आक्रोशित भएका छन् । उनीहरुले बाचे बस्ती मरे चिहान’ ‘बालेन शाह होस् गर्, हाम्रो भोट फिर्ता गर् भन्दै विरोध गरिरहेका छन् । वस्ती कति पटक खाली गराउन खोज्दा पनि अटेर गरेपछि महानगरको टोली डोजर लिएर पुग्दा उनीहरुले विरोध जनाएका हुन् । त्यहाँको स्थिति अहिले तनावग्रस्त बनेको छ ।

उनीहरुले कुनै पनि हालतमा वस्तीमा डोजर चलाउन नदिने भन्दै सडकमा टायर बालेर ढुंगामुढासहित बसेका छन् । त्यसक्रममा उनीहरूले टायर बालेर प्रदर्शनसहित ढुंगामुढा गर्नुका साथै मेयर बालेन शाहविरुद्ध चर्को नाराबाजी गरेका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ४ : १८ बजे