बैशाख २०, २०८१ बिहिबार Thu May 2 2024

थापाथलीमा डोजर चल्दा सुकुम्बासी र प्रहरीबीच झडप



काठमाडौँ । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको छ।

सुकुम्बासी बस्तीभित्र प्रहरी छिर्न लाग्दा स्थानीय र प्रहरीबीच ढुंगा हानाहान भएको हो। त्यस्तै स्थानीयहरूले टायर बालेर विरोध प्रदर्शन गरेका छन्।

काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन प्रहरी परिचालन गरिएको थियो।

बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले सुकुम्बासी बस्ती हटाउन प्रहरी परिचालन गरेको हो।

त्यस्तै समितिको समन्वयनमा महानगरपालिकाले त्यहाँ डोजर चलाउन प्रहरी परिचालन गरेको काठमाडौं महानगरपालिकाका नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए।

उनकाअनुसार बस्ती खाली गर्न समय दिइएको थियो।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ४ : ०३ बजे