चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

दोलखामा स्थगित १० मतदान केन्द्रमा पुनः मंसीर १५ गते चुनाव हुने



काठमाडौं । दोलखाका चार मतदान स्थलका १० वटा मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले यही मंसिर १५ गते पुनः मतदान गराउने निर्णय गरेको हो।

जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्बर ६ स्थित वैतेश्वर मावि मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’, वडा नं. २ को जनज्योति मावि पुतलीकाठ मतदान केन्द्र ‘क’ र ‘ख’ र तामाकोशी गाउँपालिका वडा नं. ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्र ‘क’ र ‘ख’ गरी ७ मतदान केन्द्रमा भएको मतदान स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा हुन नसकेको निष्कर्षसहित फेरी चुनाव गर्ने निर्णय भएको हो ।

यसैगरी वैतेश्वर गाउँपालिका वडा नं. ३ कालीढुङ्गा मावि मतदान केन्द्र ‘ख’मा मतदान सञ्चालन गर्ने क्रममा अत्यधिक भीडभाड भई अनियन्त्रित भीडलाई तितरबितर पार्ने क्रममा प्रतिनिधिसभा प्रत्यक्षतर्फको १०० थान मतपत्रको अर्धकट्टी हराएकाले मतदान स्थलका तीनै केन्द्रका मतदान रद्द गरी पुनः मतदान गराउने निर्णय भएको हो ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ९ : ३१ बजे