बैशाख ६, २०८१ बिहिबार Thu Apr 18 2024

कोस्टारिकाले जापानलाई हरायो



काठमाडौँ । कतारमा जारी फिफा विश्वकप कतार २०२२ मा कोस्टारिकाले जापानलाई हराएको छ । आइतबार भएको खेलमा कोस्टारिकाले जापानलाई १–० गोल अन्तरले हराएको हो ।

कोस्टारिकाको जितमा फुलर स्पेन्सले ८१ औं मिनेटमा निर्णायक गोल गरे । उनले येल्त्सिन तेजेडाको पासलाई पेनाल्टी क्षेत्रनजिक नियन्त्रणमा लिँदै गोल गरेका थिए ।

कोस्टारिकाको यो पहिलो जित हो ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ९ : १५ बजे