बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

घोडाघोडी नगरपालिका कार्यालयमा तालाबन्दी



काठमाडौं । घोडाघोडी नगरपालिका कार्यालयमा नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले तालाबन्दी गरेको छ ।

नगरपालिकामा जनप्रतिनिधिको संलग्नतामा नीतिगत भ्रष्ट्राचार मौलाइको भन्दै उक्त पार्टीले तालाबन्दी गरेको हो । जनताका समस्याप्रति उदासिन भएको लगायतका आरोप लगाउँदै तालाबन्दी गर्न बाध्य भएको घोडाघोडी नगर समितिका इन्चार्ज भरत र सचिव अर्जुनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

उनीहरुले प्रमुख प्रशासकीय अधिकृतको सरकारी निवासमा मादक पदार्थ सेवन गरी जनप्रतिनिधि र कर्मचारीले टेबुल र कम्प्युटर तोडफोड गरेको ढुंगा, बालुवा उत्खननमा विना मापदण्ड ओसार पसार गर्न दिएको र पैसा असुल गरेको आरोपमा तालाबन्दी गरेका हुन् ।
शनिबार नगर कार्यपालिका बैठक चलिरहेका बेला नेकपाका कार्यकर्ताले तालाबन्दी गर्दा कर्मचारी र जनप्रतिनिधि थुनिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ३ : ५२ बजे