बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

रवि लामिछानेको पार्टी कार्यालयमा आगलागी



काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा आगलागी भएको छ । प्रहरीले दिएको जानकारी अनुसार चितवनको भरतपुर–११ भोजाडस्थित कुमारीचोकमा रहेको पार्टी कार्यालयमा आगलागी भएको हो ।

आगलागी शुक्रबार राति नै भएको भए पनि शनिबार सटर खोल्दा कार्यालयको कुर्सी र निर्वाचन प्रचारमा प्रयोग गरिएको फ्लेक्स प्रिन्ट जलेको अवस्थामा भेटिएको थियो । बाहिरबाट ताल्चा लगाएको अवस्थामा कार्यालयभित्र आगलागी भएको प्रहरीको भनाइ रहेको छ ।

शनिबार कार्यालय खोलेर हेर्दा सामान जलेपछि सो पार्टीले घटनाबारे प्रहरीलाई जानकारी गराएको थियो । प्रहरी यस प्रकरणको अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  १ : ३२ बजे