चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

सप्तरी ४ बाट कांग्रेसका तेजुलाल चौधरी निर्वाचित



सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका तेजुलाल चौधरी निर्वाचित भएका छन् । चौधरीले २३ हजार ४९१ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उमेदवार बालकिशोर यादवले १७ हजार ८७७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो सँगै उनी तेस्रोपटक सोही क्षेत्रबाट निर्वाचित भएका हुन् । चौधरी २०७० को संविधानसभा सदस्यमा निर्वाचित भएपछि २०७४ को निर्वाचनमा दोस्रोपटक विजयी भएका थिए ।

त्यस्तै जनमत पार्टीका उम्मेदवार सुकदेवप्रसाद साहले ८ हजार ८२१ मत पाएका छन् । योसँगै सप्तरीमा प्रत्यक्षतर्फको मतगणना सकिएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ११ : ४१ बजे