बैशाख १२, २०८१ बुधबार Thu Apr 25 2024

कैलाली–२ मा अरुण चौधरी विजयी



काठमाडौं । कैलाली क्षेत्र नम्बर २ मा प्रतिनिधि सभामा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरुण चौधरी विजयी भएका छन्। उनी नेकपा एमालेका झपड रावललाई हराउँदै विजयी भएका हुन् ।

उनले निकटतम प्रतिद्वन्द्वी रावललाई २१ हजार ८७१ मत प्राप्त गरी पराजित गरेका हुन् । नेकपा एमालेका झपट रावलले १६ हजार १२८ मत पाएका छन् । यसैगरी गठबन्धनतर्फ माओवादीका भगत बडुवालले १५ हजार ११६ मत प्राप्त गरे ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ४ : ०६ बजे