बैशाख ७, २०८१ शुक्रबार Sat Apr 20 2024

धनुषा–३ मा एमालेकी जुली महतो विजयी



काठमाडौं । धनुषा–३ मा नेकपा एमालेकी जुली महतो विजयी भएकी छन् । उनले सत्ता गठबन्धनका साझा उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टीका अनिलकुमार झालाई ९६६९ मतान्तरले पराजित गरेकी हुन् ।

जुलीले जम्मा ३३ हजार ३५५ मत पाइन् भने अनिल झाले २३ हजार ६८६ मत ल्याएका छन् । समानुपातिकतर्फबाट दुई पटक सांसद भइसकेकी जुली पहिलोपटक प्रत्यक्षमा निर्वाचित भएकी हुन् ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  १० : ३० बजे