बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

मोरङ–६ मा कांग्रेसका शेखर कोइराला विजयी



मोरङ ।मोरङ क्षेत्र ६ मा सत्ता गठबन्धन दलका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले १२ हजार २८४ सय मत अन्तरले एमालेका निवर्तमान सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डितलाई पछि पार्दै विजयी भएका हुन् ।

कोइरालाले ३५ हजार २१३ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी पण्डितले २२ हजार ९२९ मत प्राप्त गरेका छन् ।

पहिलो संविधानसभाको उपनिर्वाचन र दोस्रो संविधानसभामा विजयी कोइराला २०७४ को प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  १० : २१ बजे