बैशाख ७, २०८१ शुक्रबार Sat Apr 20 2024

काभ्रे–२ मा गोकुल बाँस्कोटाको अग्रता



काठमाडौं । काभ्रेको निर्वाचन क्षेत्र नं। २ मा नेकपा (एमाले)का उम्मेदवार गोकुल बाँस्कोटाको अग्रता कायमै रहेको छ । सुरुदेखि निरन्तर पछि परेका उनले अहिले एक हजार ९८ मतको अग्रता बनाउन सफल भएका हुन् ।

मतगणनाको सुरुदेखि नै उनी नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंसँग निरन्तर पछि परेका थिए । तर अब उनले २२ हजार ८१२ मतसहित अग्रता बनाएका हुन् ।

त्यहाँ कांग्रेसका हुमागाईं अहिले २१ हजार ७१४ मतसहित बाँस्कोटालाई पछ्याइरहेका छन् ।

त्यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईं ६ हजार ४ सय ४९ मतसहित तेस्रो स्थानमा छन्।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ११ : ४९ बजे