बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

भक्तपुर–१ मा फेरि पनि नेमकिपाका सुवाल विजयी



काठमाडौं । भक्तपुर–१ मा नेमकिपाका उम्मेदवार प्रेम सुवाल ३० हजार मतान्तरसहित विजयी भएका छन् । नेमकिपाका सचिव समेत रहेका सुवाल ४२ हजार ७६१ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नवराज गेलालले ११ हजार ९६८ मत पाए भने राप्रपाका भरत खड्काले ९ हजार ३०३ मत पाए ।

विजयी सुवाल र एमालेका उम्मेदवारबीचको मतान्तर ३० हजार ७९३ रहेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ११ : ४४ बजे