बैशाख ६, २०८१ बिहिबार Thu Apr 18 2024

तेह्रथुममा गठबन्धनकी सीता गुरुङ अगाडि



काठमाडौं । तेह्रथुममा सत्ता गठबन्धनको साझा उम्मेदवार रहेकी नेपाली कांग्रेसकी सीता गुरूङले अग्रता लिएकी छन्। उनले अहिलेसम्म ६ हजार ९९२ मत ल्याएकी छन् ।

यहाँ नेकपा एमालेका उम्मेदवार बिजय सुब्बा पछि परेका छन् । सुब्बाले ६ हजार १८७ मत ल्याएका छन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विष्णुकुमार चोङवाङले २३४ र राप्रपाका युवराम गौतमले १४४ मत ल्याएका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ११ : ३५ बजे