बैशाख ७, २०८१ शुक्रबार Sat Apr 20 2024

सप्तरी २ मा दोब्बरभन्दा बढी मतान्तरले सिके राउत निर्वाचित



काठमाडौं । सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष सिके राउत दोब्बरभन्दा बढी मतान्तरले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

उनले निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतान्तरले पछि पार्दै जित निकालेका हुन् ।राउतले ३५ हजार ४२ मत ल्याएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी उपेन्द्र यादवले १६ हजार ९७९ मत ल्याएका छन् ।

त्यसैगरी प्रदेश सभातर्फ दुईवटै क्षेत्रमा जनमत पार्टीले विजयी हासिल गरेको छ । सप्तरी २ (१) मा सतिशकुमार सिंह निर्वाचित भएका छन् । सप्तरी २ (२) मा जनमत पार्टीकै महेश यादव निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ५ : ४७ बजे