बैशाख १३, २०८१ बिहिबार Thu Apr 25 2024

रेशम चौधरीका बुवा बर्दिया–२ बाट निर्वाचित



काठमाडौं । बर्दिया क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार लालवीर चौधरी निर्वाचित भएका छन् । उनले गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका सुरेश पन्थलाई पछि पार्दै जित हासिल गरेका हन् ।

चौधरीले २६ हजार ५२० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सुरेश पन्थले २६ हजार ३८४ मत हासिल गरेका छन् । त्यसैगरी एमालेका पंकजसिंह राठौरले १६ हजार ९० मत ल्याएका छन् भने राप्रपाका विनय रावलले १३ हजार २९२ मत पाएका छन् ।

चौधरी टिकापुर घटनामा दोषी ठहर भई जेलमा रहेका पूर्वसांसद रेशम चौधरीका बुवा हुन् । सुरूमा यस क्षेत्रबाट रेशम चौधरीले नै उम्मेदवारी दिएका थिए । चौधरीले आफ्नो उम्मेदवारी खारेज हुने संकेत पाएपछि उनले बुवालाई स्वतन्त्र उम्मेदवारी दिन लगाएका हुन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ५ : ४४ बजे