बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

काठमाडौं–३ मा कांग्रेसका चालिसे विजयी



काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष चालिसे विजयी भएका छन् ।

केहीबेरअघि सम्पन्न मतपरिणामअनुसार चालिसेले नेकपा एमालेका कृष्ण राईलाई ३९६२ मतान्तरले पराजित गरेका हुन् । चालिसेले १५ हजार १ सय ५८ मत ल्याउँदा राईले भने ११ हजार १ सय ९६मत ल्याएका छन् ।

राई यसअघिको चुनावमा यही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  १० : ५५ बजे