बैशाख १२, २०८१ बुधबार Wed Apr 24 2024

भुसाललाई हराउँदै अर्घाखाँचीमा एमालेका रायमाझी विजयी



काठमाडौं । अर्घाखाँचीबाट प्रतिनिधिसभामा नेकपा एमालेका टोपबहादुर रायमाझी विजयी भएका छन् । रायमाझीले सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसाललाई करिब ३ हजार मतले पराजित गरेका हुन् ।

पछिल्लो नतिजा आउँदा रायमाझी ३ हजारभन्दा धेरै मतले अगाडि थिए ।यससँगै एमालेले प्रतिनिधिसभामा दोस्रो जित निकालेको छ । यसअघि ललितपुर २ प्रेमबहादुर महर्जन विजयी भइसकेका छन् ।

उनले १० हजार १७८ मत ल्याउँदा कांग्रेसकी पुष्पा भुसाल ७ हजार ६३१ मतमा समेटिएकी छन् । एमालेका सचिव समेत रहेका रायमाझी अर्घाखाँचीमा एक्लै चुनावी मैदानमा थिए ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  २ : २७ बजे