बैशाख १४, २०८१ शुक्रबार Fri Apr 26 2024

काठमाडौं–९ मा एमालेका कृष्णगोपाल विजयी



काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ बाट नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् । उनी १० हजार २० मतसहित विजयी भएका हुन् ।

यो सँगै नेकपा एमालेले प्रतिनिधिसभातर्फ २ सिटमा जित निकालेको छ । ०७४ को निर्वाचनमा पनि श्रेष्ठ यही क्षेत्रबाट निर्वाचित भएका थिए । निवर्तमान सांसद समेत रहेका श्रेष्ठ केपी शर्मा ओली प्रधानमन्त्री हुँदा शिक्षामन्त्री समेत भएका थिए ।

उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेक बहादुर पोखरेलले ८ हजार ७२५ मत प्राप्त गरेका छन् । सत्ता गठबन्धनकी उम्मेदवार कल्पना धमलाले ५२७९ मत प्राप्त गरेकी छिन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १ : ०० बजे