चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

झापा ५ मा ओली फराकिलो मतान्तरले अगाडी



झापा निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको अग्रता यथावत छ । पछिल्लो मतगणनाअनुसार ओली ९ हजार ९८४ मतसहित अगाडि छन् ।

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले ५ हजार ८९८ मत ल्याएका छन् ।

यहाँ ओली र अधिकारीबीच ४ हजार ८६ को मतान्तर छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १२ : ५८ बजे