बैशाख ६, २०८१ बिहिबार Fri Apr 19 2024

काठमाडौं–८ को ‘क शैलेन्द्रमानको जित



काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ अन्तर्गत प्रदेशसभा क बाट हाम्रो नेपाली पार्टीले खाता खोलेको छ । यो क्षेत्रमा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य निर्वाचित भएका छन् ।

बज्राचार्यले ५ हजार ४६२ मत ल्याएका छन् भने नेकपा एमालेका राजेश शाक्यले ३ हजार ७११ मत ल्याएका छन् । त्यस्तै नेपाली कांग्रेसका राजुराज जोशी ३ हजार ६७० मतसहित तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १२ : ४४ बजे