बैशाख ११, २०८१ मंगलबार Tue Apr 23 2024

काठमाडौं–२ मा घण्टीकै अग्रता



काठमाडौं । काठमाडौंको क्षेत्र न. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले सुरुवाती चरणदेखि नै अग्रता लिएकी छन् । पछिल्लो मतपरिणामअनुसार उनले ५ हजार ३३२ मत ल्याएकी छन् । दोस्रो स्थानमा राप्रपाकी उम्मेदवार कुन्ती पोखरेल रहेकी छन् । उनले ३ हजार ७६९ ल्याएकी छन् ।

तेस्रो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवार मणिराम फुयालले ३ हजार ७१ मत ल्याएका छन् भने सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीले २ हजार ८१६ मत ल्याएर चौथो स्थानमा छिन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १२ : २६ बजे