बैशाख ६, २०८१ बिहिबार Thu Apr 18 2024

काठमाडौं १ मा कांग्रेसका सिंहको अग्रता कायमै



काठमाडौं । काठमाडौं १ मा सत्ता गठबन्धनका उम्मेदवार एवं कांग्रेसका प्रकाशमान सिंहले अग्रता कायम राखेका छन् । पछिल्लो मतगणनाअनुसार उनले २१४० मत पाएका छन् भने राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले १७७२ मत पाएका छन् । यस्तै, तेस्रो स्थानमा एमालेका किरण श्रेष्ठ रहेका छन् । उनले १५९० मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले पनि १२ सय ४० मत पाएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ४ : ०४ बजे