काठमाडौं । ललितपुरको निर्वाचन क्षेत्र नं। ३ मा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रहेकी पम्फा भुसालले मतान्तर बढाउदै उकाले लागेकी छिन् । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रहेकी डा। तोसिमा कार्कीभन्दा पछाडी रहेकी भुसाल अगाडि लागेकी छिन् ।
हालसम्मको मतगणनामा नेकपा एमालेका उम्मेदवार अमृत खड्का झिनो मतान्तरका साथ अगाडि रहेका छन् भने उनलाई भुसाल र कार्कीले पछ्याइरहेका छन् । यहाँ कुल २ हजार ४ सय मत गनिएकोमा एमालेका खड्काले ७८४ मत र माओवादीकी भुसालले ६९४ मत ल्याएका छन् ।
त्यसैगरी स्वतन्त्र पार्टीकी कार्कीले ६७३ मत ल्याएर तेश्रो स्थान कायम गरेकी छिन् ।

