चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

ललितपुर–२ मा गनेर सकियो १० हजार मत, एमालेको अग्रता



काठमाडौं । आइतबार सम्पन्न निर्वाचनको ललितपुर–२ मा १० हजार ८८ मतगणना सम्पन्न भएको छ । गणना भएको मत अनुसार एमालेका उमेदवार सबैभन्दा अगाडि छन् ।

नेकपा एमालेका प्रेमबहादुर महर्जनले २ हजार ९८० मत ल्याएका छन् । उनीपछि राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनको १ हजार ४९० मत छ ।

हाम्रो नेपाली पार्टीका सुदिन शाक्यको १ हजार ४९७ मत छ । नेकपा एसका कृष्णलाल महर्जनले १ हजार ४७७ मत प्राप्त गरेका छा् । राप्रपाका रघुबरराज थापाले १ हजार ४२६ मत पाएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ११ : १४ बजे