बैशाख १३, २०८१ बिहिबार Fri Apr 26 2024

श्रेष्ठ र सोनलको निर्वाचन प्रचार मौन अवधिमा पनि जारी



काठमाडौं । बाराको प्रतिनिधिसभा क्षेत्र नम्बर ४ मा गठबन्धनबाट उम्मेदवार रहेका किसान श्रेष्ठ र प्रदेशसभा (ख) का उम्मेदवार जितेन्द्र सोनल निर्वाचन आचारसंहिता विपरीत मौन अवधिमा पनि प्रचारप्रसारमा जारी राखेका छन् ।

बिहीवार राति १२ बजेबाट मौन अवधि सुरु भएसँगै निर्वाचनको प्रचारप्रसारमा रोकीए पनि श्रेष्ठ र सोनलले निर्वाचन प्रचारप्रसारमा निरन्तरता दिइरहेका छन्। मौन अवधिभित्र उम्मेदवारहरू र राजनीतिक दलले निर्वाचनको प्रचारप्रसार गर्न नपाउने व्यवस्था छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले निर्वाचन प्रचारप्रसार गरिरहेको सूचना पाएपछि प्रहरी परिचालन गरि रोक्न लगाएका हुन् ।

नेकपा एकीकृत समाजवादीका उम्मेदवार श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार सोनलले परवानीपुर गाँउपालिकाभित्र शुक्रबार बिहान कार्यकर्तासहित घरदैलो गर्दै मत माग्दै हिँडेका थिए ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ८ : ५६ बजे