जेष्ठ ६, २०८१ आइतबार Sun May 19 2024

मुक्तिनाथ विकास बैंक र द हिमालयन ग्रिल बाई बाजेको रेस्टुरेन्टबीच छुट दिने सम्झौता



काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरूलाई विशेष छुट दिने गरी सामाखुसीस्थित ‘द हिमालयन ग्रिल बाई बाजेको’ रेस्टुरेन्टबीच सम्झौता भएको छ । बैंकले उक्त रेस्टुरेन्टसँग फुड एन्ड वेभरेजमा आफ्ना ग्राहकहरूलाई १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने गरी सम्झौता गरेको हो ।

बैंकका अनुसार ग्राहकहरूले उक्त छुट प्राप्त गर्न मुक्तिनाथ विकास बैंकको भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुपर्नेछ । बैंकले आफ्ना ग्राहकहरूलाई थप सेवा दिन उक्त सम्झौता गरेको जनाएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था पनि गरेको छ ।

त्यसैगरी, प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाका लागिः ९८०१११००२२, कर्जा सेवाका लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरू बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्थासमेत गरेको छ

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ४ : ३९ बजे