बैशाख १२, २०८१ बुधबार Thu Apr 25 2024

किन यो देशको प्रधानमन्त्रीकोरुपमा गगन थापालाई अगाडी बढाउनुपर्छ – राजन श्रेष्ठ धरातल



आसन्न मंसिर चार गतेको दिन नेपाली राजनितिको कोर्ष चेन्ज गरेर नया इतिहासको थालनि हुने दिन हुन सक्छ । किनकी यो आम निर्वाचन र आमरुपमा जनआकाङ्छाको भावनालाई सम्वोधन गरेर नेपाली जनताले भन्दै आएको युवा राजनितले नेपालको राष्ट्रिय राजनितको मुलधारमा स्थापित गर्ने अवसर पाउन सक्छ ।

गगन थापा यो बेला लाखौलाख युवाहरुको विचारको प्रतिनिधीत्व गर्न सक्षमता हासिल गरेका युवा राजनित कर्मी हुन । आजको समकालिन नेपाली राजनितिमा हरेक पार्टीका युवाहरु समेतको विचारलाई एक कठ्ठा बनाएर केन्द्रिकृत अभिव्यक्ति दिन सक्ने युुवा नेता हुन ।

नेपाली राजनितिमा गगन खालि काँङ्ग्रेसका महामन्त्रि मात्र हैनन नेपाली समाजमा रहेका राष्ट्रिय मुद्धाहरुलाई किनारा लगाउन सक्ने अर्थात कुनै

विचार सिदान्त सघंर्ष र अध्ययनका हिसावले उनि खारिएका नेता हुन । आन्दोलनको ज्वालामुखि बाट निस्किएको लाभा जस्तै हुन उनि परिस्थीलाई नियन्त्रणमा लिन र समयानुकुल निर्णय हासिल गर्न सक्ने नेता नै उनि हुन । यति बेला नेपाली समाजका विभिन्न प्रकारका आकाङ्छा छन ति आकाङ्छा भनेको एउटा तेस्तो नेतृत्व समाजमा आउनु पर्यो र समाजका आकाङ्छाहरुलाई त्यो नेतृत्वले पुरा गर्नु पर्यो । आज पटक पटक नेपाली समाजमा हुदै आएको आन्दोलनको अभिव्यक्ति नेपालको राजनितले पुरा गर्न सकेको अवस्था छैन ।

माओबादी जनयुद्ध र त्यो स्।ग जोडिएको नेपालको संक्रमणकालिन राजनितको समुचित व्यवस्थापन गर्न अहिले सम्म पनि सकिएको अवस्था हैन । हाल सम्म पनि नेपालको राजनित तरल अवस्था मै छ । यहा कुनै पनि दलले स्थिर सरकार दिन सकेका छैनन । समाज त यही राजनितको कारणले पनि समृद्धिको बाटोमा हिड्न सकिरहेको छैन ।

यसकारण हामीले यी सम्पुर्ण समस्याको समाधान गरेर नेपालको राजनितिालई निकास दिनु पर्ने एैतिहासिक आवश्यक्ता हाम्रो सामुन्ने छ । यही बेला यी समस्याका समाधान गर्न सक्ने नेतृत्व यो निर्वाचनले दिन सक्नुपर्छ । किनकी लोकतन्त्रको सौन्दर्यको रुपमा रहेका आवद्यिक निर्वाचन मार्फत जनताको सार्वभौमिक अधिकारको प्रयोग गरेर यस पटक हामीले त्यस्तो नेतृत्व ल्याउन आवश्यक छ ।

हो नेतृत्व को हुने यस प्रकारको समाजको सर्वाङ्गिण विकास गर्न सक्ने प्रकारको नेतृत्व नेपाली समाज छ यदि भने समकालिन नेपाली राजनितिमा धेरै युवाको रोजाईमा परेका व्यक्ति गगन थापा नै हुन । हामीले अझ उनको संघर्षलाई हेरेर मुल्याकंन गरिकन उनलाई साथ दिनुपर्दछ ।


उनको पार्टी राजनीतिको यात्रा
२०४६ सालमा कक्षा ९ मा अध्ययन गर्दै गर्दा बाल कांग्रेसको सदस्यका रुपमा राजनीतिक यात्राको सुरुवात, २०४६ सालको जनआन्दोलनमा सहभागी
१ स्वतन्त्र विद्यार्थी युनियन त्रिचन्त्र क्याम्पसको सदस्य९२०५१, सचिब, २०५३ र सभापति, २०५५
२ २०५५ मा त्रिभुवन विश्वविद्यालयको सिनेट सदस्य,
३ २०५७नेपाल विद्यार्थी संघका उपाध्यक्ष र २०५९,नेपाल विद्यार्थी संघको महामन्त्री
४ विद्यार्थी राजनीतिमा क्रियाशील रहँदा शिक्षा क्षेत्र सुधारका मुद्दा स्थापित गराउन र संयुक्त विद्यार्थी आन्दोलनमा अग्रणी नेतृत्व प्रदान ।
राजनीतिक टर्निङ प्वाइन्ट
५ तत्कालि राजाको निरंकुश कदम विरुद्ध संयुक्त विद्यार्थी आन्दोलनको अगुवाई ।
६ स्वतन्त्रताको लागि आन्दोलनको नेतृत्व गर्दैगर्दा २०६०(२०६१ राज्य विरुद्धको आरोपमा राजद्रोहको मुद्धा
७ जेलमै रहँदा ब्mलभकतथ क्ष्लतभचलबतष्यलब िद्वारा ुआस्थाको बन्दिुको घोषणा ८ यो सम्मान शान्तिपूर्ण रुपमा आफ्नो आस्था प्रकट गरेकै आधारमा बन्दी वनाइएका विश्वका प्रतिष्ठित राजनीतिज्ञलाई यस्तो वन्दी घोषणा गर्ने गर्छ । थापा भन्दा अघि नेपालमा कृष्णप्रसाद भट्टराई जस्ता स्वतन्त्राका योद्धाहरूलाई प्रदान गरिएको थियो ।
संसद
२०६४ सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसको समानुपातिकतर्फबाट सभाषद
संविधानसभा मौलिक हक समितिको सदस्यको रुपमा संविधानमा जनताको हक अधिकार सुनिश्चित गर्न संविधानसभाभित्र सवैभन्दा सक्रिय सदस्यको रुपमा रहेको
साथै २०६५ मा संसदको प्राकृतिक स्रोत समितिमा रहेर उर्जा उपसमितिको नेतृत्व गरी देशको उर्जा संकट समाधान गर्न र उर्जा सुरक्षाका लगायतका विषयमा सकृय

२०७० सालमा भएको संविधान सभाको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ४ बाट अत्यधिक मत सहित विजयी सांसद थापाले संविधानसभा मस्यौदा समितिको सदस्यको रुपमा संविधान लेखनमा सक्रिय, संसदमा जनसरोकारका विषयहरू बुलन्द रुपमा उठान गरे
त्यस्तै २०७१ मा कृषि तथा जलस्रोत समितिको सभापतिको रुपमा कृषि, उर्जा,जलस्रोत लगायतका क्षेत्रमा नीतिगत पहलकदमी । कृषि,विकास रणनीति, भू उपयोग नीति एकिकृत जलश्रोत नीति, जलउत्पन्न प्रकोप नियन्त्रण नीति, उर्जा सुरक्षा नीति तयार गर्न महत्तोपूर्ण आधार दिएको,, बुढीगण्डकी आयोजना नेपालले नै वनाउन सक्ने अवधारणा सहितको विस्तृत खाका प्रदान

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा काठमाण्डौ ४ बाट पुन निर्वाचित

उनले नेपालको लागि, नेपाली समाजको लागि धेरै काम गरेका छन । नेपालको निरकुंसताको प्रखर विद्रोह देखि स्वास्थ विमा सम्म आइपुुग्दा सोच विचार भिजन तथा राष्ट्रिय अन्तराष्ट्रिय राजनितिका विभिन्न आयमको बारेमा अथवा कस्तो कुटनिती देशको लागि आवश्यक रहेको छ भन्ने विषयमा आज उनलाई थाहा छ । नेपालको विभिन्न क्षेत्रमा कहा कस्तो प्रकारको विकास गर्नुपर्छ भन्न बारेमा धेरै प्रकारले उनि जानकार छन । नेपाली समाजको हावा पानी नेपालको विविधता युक्त समाजको बारेमा उनलाई धेरै कुुरा थाहा छ । जव नेपालको कुन ठाउमा कस्तो प्रकारको विकास प्रक्रिया अपनाउनु पर्छ भन्ने बारेमा कम्तिमा थाहा भएको नेतृत्व आवश्यक छ

समष्टिमा गगन थापा एक सांसद बन्नका लागि मात्रै निर्वाचनमा लड्दै गरेका व्यक्ति होइनन । उनि त नेपाली समाजको लागि विकास र निकास दिएर जनअपेक्षाका कयौ विषय वस्तुुलाई समाधान गर्न सक्ने सक्षम अनुुभवि तथा भिजन भएका नेता हुन । गगन थापा र नेपाली समाजको लागि मंसिर चार इतिहास बन्न सकोस भन्ने शुुभकामना सहित ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ११ : ३० बजे