बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

परिवर्तनको सम्वाहक नै जनता हुन् : कुन्ती पोख्रेल



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्तीदेवी पोख्रेलले आज कोटेश्वर महादेव स्थान आसपासका मतदाताहरुसँग भेटघाट गरेकी छिन् । उनले आमजनताबाट पाएको अपार माया र विश्वासका लागि धन्यबाद ज्ञापन गर्दै यसलाई तार्किक निष्कर्शमा पु¥याउन आगामी मंसिर ४ गते ‘हलो’मा मतदान गर्न आग्रह गरेकी छिन् ।

उनले आजको परर्वतनको सम्बाहक जनता भएको र जनताको शक्ति सामाजिक परिर्वतनको लागि मार्गदर्शक भएको भन्दै समपूर्णमा आफ्नो शक्तिको सही सदुपयोग गर्न अपील गरेकी छिन् । तपाईंहरुको हौसलाले यहाँसम्म ल्याइपु¥याउनुभयो, अब केही दिन मात्र बाँकी छ यो बेला ‘हलो’मा भोट दिएर जिताउनुहोला । त्यसपछि म यो समाजमा सुशासन ल्याउने छु, अनि समाजले गतिशिलता हासिल गर्ने छ ।

यसैबीच आममतादाताहरुको लहर बढ्दो अवस्थामा रहेको छ । ‘आम जनमानसको लहरले यो पटकको निर्वाचनले राप्रपाको पक्षमा मतदान हुने सम्भावाना रहेको पक्का छ । कोटेश्वर राप्रपाको महत्वपूर्णा रणनीतिक आधारको क्षेत्र पनि हो । यो पटक कोटेश्वरामा राप्रपाको पक्षमा बलियो उपस्थिति देखिएको छ । यसले मलाई धेरै हौस्याएको छ,’ पोख्रेलले बताइन् ।

उनले थपिन्, ‘तपाईंहरुको यस्तै साथ, सहयोग र समर्थन जारी राखी आगामी मंसिर ४ गते ‘हलो’मा मतदान गरी मलाई विजयी बनाउनुहोस् । त्यसपछि तपाईंहरुको सेवक बनेर काम गर्न आउने छु ।’ उनी थप्छिन्, ‘म पहिलाका नेताले जस्तो चुनावका बेला घरघरमा आउने चुनावपछि फर्केर नआउने व्यक्ति होइन । त्यसकारण मंसिर ४ गते मेरो लागि ‘हलो’मा भोट हालेर सहयोग गर्नुहोस्, त्यसपछि म पाँच वर्ष तपाईंहरुको काम गर्छु ।’

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  १ : ४१ बजे