३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

वास्ताविकता बुझी सत्यतथ्य पत्ता लगाइयोस् : शम्भुलाल श्रेष्ठ



काठमाडौं । नेपाली कांग्रेस क्षेत्रीय कार्यालय क्षेत्र नं. १, नवलपुर सलार्हीले शम्भुलाल श्रेष्ठलाई कारबाहीको सिफारिस गरेको छ । कांग्रेसका पूर्वआमन्त्रित केन्द्रीय सदस्य एवं नेपाल सरकारका पूर्वपशुपंक्षी विकास राज्यमन्त्रीसमेत भएका शम्भुलाल श्रेष्ठलाई गठवन्धनका उम्मेदवारलाई सहयोग नगरेको आरोपका आधारमा कारबाहीको सिफारिस गरिएको हो ।

कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधिसमेत रहेका श्रेष्ठलाई कारबाही सिफारिसपत्रमा पार्टीको क्षेत्रीय कार्य समितिको निर्देशनलाई नमानेको, गठवन्धनका उम्मेदवारलाई सहयोग नगरेको, बरु उल्टै स्वतन्त्र उम्मेदवारलाई सहयोग गरेकोलगायत आरोप लगाइएको छ । नेपाली कांग्रेस क्षेत्र नं. १ सर्लाहीद्वारा फेरि २०७९÷७÷२५ गते जिल्लालाई सम्बोधन गरी उनीमाथि मानमर्दन हुनेगरी कारबाहीको पत्र र निर्णय प्रतिलिपीसहित पठाइएको कुरा समाजिक सञ्जालबाट जानकारी भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पटक–पटक क्षेत्रीय सभापतिको अकमण्यता बुझी २, ४ जना अन्तर्घातीहरुको उक्साहटमा पत्रार भएको हुँदा मलाई नेपाली कांग्रेस केन्द्रीय सभापतिले समानुपातिकतर्फका उम्मेदवार सर्शीला थापा र लक्ष्मी गोलेलाई म डेंगोबाट सन्चो भएदेखि पटक–पटक सम्बन्धित क्षेत्रको बैठक राख्न आग्रह गरेको छु ।

गत कात्तिक २३ गते प्रस्तावित निज उम्मेदवारहरुले ईश्वरपुर नगरपालिका १३ र १४ पूर्वतर्फबाट समानुपातिकतर्फको प्रचारप्रसार थालनी गर्न तयारी गरिसकेको अवस्थामा राति करिव ९, १० बजे प्रदेश क्षेत्र ‘क’, ‘ख’ र क्षेत्रीय सभापतिसमेतको संयुक्त हस्ताक्षेरमा निर्देशनात्मक आदेश सामाजिक सञ्जालमा जारी गरिएको जानकारी भयो ।

त्योसँगै फोनबाट समेत सम्बन्धित वडा सभापतिलगायत अन्य कार्यकर्ताहरुलाई क्षेत्रीय सभापति हरिबहादुर लुङ्गेली र प्रमोद बरालद्वारा साथीहरुले जानकारी गरी कार्यक्रम स्थगित गरेको हुँदा कस्तो नियत हो जिल्लाबाट समेतलाई उपरोक्त वडाका साथीहरुले जानकारी गरी कार्यक्रम स्थगित गरेको हुँदा कस्तो नियत हो जिल्लाबाट बुझ्दा जाकारी हुने नै छ ।

तसर्थ आफू आफ्नै पार्टीको प्रचार गर्न नदिने उल्टै ममाथि झुटो आरोप लगाई क्षेत्रीय कार्य समिति र महाधिवेशन प्रतिनिधिहरुलाई फेरि झुक्याइ बैठकै नराखी माइन्यूट घुमाएर किर्ने सहीछाप समेत गरी त्यहाँ निवेदन गरएको भन्ने जानकारी हुँदा स्थानीय निर्वाचन २०७९ देखि कसकसले पार्टीको अहिले हुने कार्य गरेको छ ।

वास्तविक गहिराईसम्म बुझी सत्य तथ्य पत्ता लगाई गलत गर्नेमाथि कारबाही प्रक्रिया अगाडि बढाइदिन हनु पुन यो निवदेन दिन वाध्य भएको छु । यसैसाथ निजहरुले जारी गरेको निर्देशनात्मक आदेशको प्रति संलग्न छ ।’ यसरी श्रेष्ठले आफूले गल्ती नै नगरी कारबाहीको सिफारिस गरिएको भनी असहमत जनाएका छन् । उनले आफूलाई बिना जानकारी गठबन्धनको पक्षमा भोट नमागेको र स्वतन्त्र उम्मेदवारलाई सहयोग गरेको आरोपमा कारबाहीको सिफारिस गरिएकाले मानहानी भएको दावी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  १० : ०८ बजे