बैशाख ११, २०८१ मंगलबार Wed Apr 24 2024

आज प्रधानमन्त्री देउवा डडेल्धुरा जाँदै



डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज (बुधवार) गृह जिल्ला जाँदैछन् । डडेल्धुरा आएर उनले गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेसले जनाएको छ ।

मंगलबार साँझ धनगढी पुगेका उनी बुधवार बिहान गृहजिल्ला डडेल्धुरा पुगेर ११स्३० बजे अजयमेरु गाउँपालिकाको देवलमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतले जानकारी दिए । बुधबार डडेल्धुरा र बैतडी, बिहीबार अछाम र कञ्चनपुर जिल्लामा हुने चुनावीसभामा सहभागी हुने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

यसअघि कात्तिक १७ गते गृहजिल्ला पुगेका देउवा ४ दिन बसेका थिए । सो क्रममा उनले ७ पालिकाका ७ वटा चुनावी सभालाई सम्बोधन गरेका थिए । मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देउवासहित डडेल्धुरामा ८ जना उम्मेदवार रहेका छन् । देउवा विक्रम संवत् २०४८ यताका हरेक निर्वाचनमा विजयी हुँदै आएका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ९ : १६ बजे