बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

निर्वाचनअघि कसैले पनि प्रधानमन्त्रीको बाजा बजाउन जरुरी छैन : डा.महत



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकासशरण महतले निर्वाचनअघि कसैले पनि प्रधानमन्त्रीको बाजा बजाउन जरुरी नभएको टिप्पणी गरेका छन् ।

महतले न्युज एजेन्सी नेपाललाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्रीको बाजा बजाएर पार्टीको हित नहुने समेत दाबी गरेका छन् । कांग्रेस महामन्त्री गगन थापालगायत केही नेताहरूले आफूलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर भोट मागिरहेको सन्दर्भमा उनले यस्तो जवाफ दिएका हुन् ।

उनले कुनै नेताले त्यसरी आफूलाई प्रस्तुत गरेपनि त्यसले पार्टीको पक्षमा माहौल नबन्ने र पार्टीको हित हुने पनि आफूले नदेखेको बताए । ‘स्वयम् पार्टी नेतृत्व गरिरहनुभएका सभापति अहिले प्रधानमन्त्री हुनुहुन्छ । उहाँले भनिरहनुभएको छ, भनिसकेपछि अरूलाई ‘होइन म हुन्छु, म हुन्छु’ भनिरहनुपर्ने आवश्यकता किन प¥यो त्यो मलाई थाहा छैन ।’

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ४ : २८ बजे