चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

संस्कारको राजनीति विकास गर्न मेरो उम्मेदवारी हो : कुन्ती पोख्रेल



काठमाडौं । राप्रपाकी केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार कुन्तीदेवी पोख्रेलले ‘माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले भन्दैमा जनताले सलक्कै गठबन्धनका उम्मेदवारलाई भोट नहाल्ने बताएकी छिन् ।

उनले आज शनिबार काठमाडौं महानगरपालिका वडा नं. ९ विजयचोक स्थिति मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा यस्तो बताएकी हुन् । पोख्रेलले काठमाडौं क्षेत्र नं. २ की प्रतिस्पर्धी ओनसरी घर्तीलाई गठबन्धनको भोटले चुनाव जित्छु भनेर ढुक्क पर्नु भनेको ‘मनको लड्डु घिउसँग खानेजस्तो हो,’ भनेकी छिन् ।

पोख्रेलले माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले भन्दैमा जनताले नमान्ने जिकिर गरेकी छन् । उनले गठबन्धनप्रति कांग्रेसमा व्यापक असन्तुष्टि भएका कारण पनि भोट बाँडिने र त्यो भोट आफूलाई आउने दावी गरेकी छिन् । माओवादीभित्र पनि एउटै व्यक्तिलाई दोहो¥याएर अवसर दिएको पुराना दुःख गरेकाले ठाउँ नपाएकोप्रति व्यापक असन्तुष्टि रहेकोले गठबन्धनका उम्मेदवारलाई भोट नआउने पोख्रेलले बुझाइ छ ।

उता माओवादीबाट विद्रोह गरी पूर्व लडाकु भगवती ढकालले स्वतन्त्र उम्मेदवारी दिएकाले पनि माओवादीको भोट बाँडिने बताइन्छ । एमालेका उम्मेदवार मणिराम फुयाल पनि एक पटक लाभको पदमा पुगिसकेकाले उनी प्रतिपनि खासै नजआकर्षण देखिँदैन । यसरी पुराना पार्टीका नेताप्रति जनतामा वितृष्णा जागेका कारण पनि यसपटक राप्रपाकी उम्मेदवार कुन्ती पोख्रेलले बाजी मार्ने सम्भावना प्रबल देखिन्छ ।

किन भने उनी समाजसेवी, उद्योग र व्यवसाय भएकाले पनि जनतामा विकास निर्माणको काममा निष्पक्ष ढंगले गछिन् भन्ने विश्वास छ । अहिले अधिकांश पुराना नेताहरुलाई भ्रष्टाचार, नातावाद तथा सुविधाभोगीको आरोप लागेकाले पनि कुन्ती पोख्रेलजस्ता समाजसेवी र स्वच्छ छवि भएका युवा उम्मेदवारहरुको चर्चा बढेको छ । यस्तो हुनुमा पुराना दल र त्यसका नेताहरु धेरै दोषी देखिन्छन् ।

फेरि नेपाली कांग्रेसभित्र धेरै हिन्दू राज्यको पक्षपाती भएकाले त्यो भोट राप्रपामा आउने उनको भनाइ छ । धेरै कांग्रेजनहरु धर्म, संस्कार, संस्कृतिको रक्षा हुनुपर्छ भन्ने भएकाले पनि ती भोटहरु आफूलाई आउने कुन्तीले विश्वास व्यक्त गरिन् ।

भेटघाट कार्यक्रमा उनले धर्मनिरपेक्षताका कारण राजनीतिक संस्कार र थिति बिथोलिएकाले त्यसलाई सही लिकमा ल्याउन आफूले उम्मेदवारी दिएकी छिन् । पुरा दलहरुमा संस्कारको राजनीति गुमेर स्वार्थको राजनीति विकास भएकाले संस्कारको राजनीति स्थापित गर्न आफूले उम्मेदवारी दिएको बताएकी छिन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ४ : १० बजे