बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

चितवनमा आज सत्ता गठबन्धनको चुनावी सभा



चितवन । सत्ता गठबन्धनले आज चितवनमा चुनावी सभा आयोजना गर्ने भएको छ ।

चुनावी सभालाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईसहित नेताहरूले सम्बोधन गर्ने कार्यतालिका छ ।

चुनाव नजिकिँदै जाँदा नेताहरू देश दौडाहामा छन् । गठबन्धनका नेताहरू केही दिन अघि मात्र सुदूरपश्चिमका विभिन्न जिल्लामा भएका चुनावी सभालाई सम्बोधन गरेर फर्केका थिए । प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि मंसिर ४ गते देश भर एक साथ आम निर्वाचन हुने भएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  १० : १२ बजे