बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

लोकतन्त्र, शान्ति र संविधान जोगाउन पनि गठबन्धनले जित्न आवश्यक छ : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनलाई विजयी बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

गोरखाको जौबारीमा शुक्रबार बिहान आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले लोकतन्त्र, शान्ति र संविधान जोगाउनकै लागि भए पनि गठबन्धनलाई विजयी बनाउनुपर्ने बताएका हुन् ।

पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले गोरखा जिल्लाबाट राजनीतिक दलहरुबीचको एकता सुदृढ छ भनेर सावित गर्नुपर्नेमा पनि जोड दिए ।

उनले भने, ‘दलहरुको बीचमा कटुता होइन,सहमति, सहकार्य र एकता अगाडी बढ्दैछ । हिजो गिरिजाप्रसाद कोइरालाले पटक पटक सहमति, सहकार्य र एकता यही शव्द भन्ने गर्नुहुन्थ्यो । मैले पनि यही कुरा भन्ने गरेको छु, त्यो गठबन्धन लोकतन्त्र, विकास र सम्बृद्धिको लागि त्यो आवश्यकता हो ।’

उनले निर्वाचनपछि प्रदेश सरकार र केन्द्र सरकार बनाउन जाँदा गोरखाली जनताको एकताको शक्तिसहित जाँदा नै विकास निर्माणलाई गति दिन सजिलो हुने बताए ।

नेपाली कांग्रेस र माओवादी हिजो युद्धमा आमनेसामने र चुनावमा पनि तछाडमछाड गरेका शक्ति भएको भन्दै त्यस्तै शक्तिबीच आपसमा मिल्दा मात्रै शान्ति साम्झौताको अर्थ हुने उनले दावी गरे ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ३ : २८ बजे