चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

कांग्रेसद्वारा थप चार जनालाई कारबाही



काठमाडौं । नेपाली कांग्रेसको अनुशासन आयोगले थप चार जनालाई कारबाही गरेको छ । कांग्रेसको अनुशासन आयोगका संयोजक आनन्द प्रसाद ढुंगानाले विज्ञप्ति जारी गर्दै थप दुई जनालाई पाँच वर्षका लागि पार्टीको सदस्यता समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देशन दिएका हुन् ।

कांग्रसले कारबाही गरेकामा उदयपुरका रामकुमार राई, मीनकुमार दाहाल, जयप्रसाद सुवेदी र भरत कार्की रहेका छन् । कारबाहीमा परेकाहरू गठबन्धनको निर्णय विपरीत उम्मेदवार र प्रस्तावक रहेका छन् । यसअघि मंगलबाार कांग्रेसले ७४ जना बागी उम्मेदवारलाई कारबाही गरेको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ६ : २३ बजे